धनगढी- धनगढीमा लागु औषधसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
भातरको लखिमपुर खिरीका २५ वर्षीय रहेमत अली र लखिमपुर खिरीकै ३१ वर्षीय मोहमख अफ्जललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म हेडक्वाटर कैलालीले उनीहरुलाई त्रिनगर सीमा नाकाबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट एक सय मिलिलिटरका ४७ बोतल लागुऔषध कोरेक्स बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म हेडक्वाटर कैलालीले जनाएको छ।
उनीहरुले प्रयोग गरेको यूपी ३१ जे ४१०७ नम्बरको मोटरसाईकल पनि सशस्त्र प्रहरीले बरामद गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४