बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेकपाले हेलिकप्टर चढाएर लगेका घर्तीले उमेदवारी फिर्ता लिन पाएनन्

नेकपाले हेलिकप्टर चढाएर लगेका घर्तीले उमेदवारी फिर्ता लिन पाएनन्

बाग्लुङ क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उमेदवारी दिएका शेरमान घर्तीलाई नेकपाले हेलिकप्टर चढाएर लगे पनि अन्ततः उमेदवारी फिर्ता लिएनन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

बाग्लुङ- बाग्लुङ क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उमेदवारी दिएका शेरमान घर्तीलाई नेकपाले हेलिकप्टर चढाएर लगे पनि अन्ततः उमेदवारी फिर्ता लिएनन्।

घर्तीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिई हेलिकोप्टरमार्फत बाग्लुङ सदरमुकाम पुर्याएको थियो।

बाग्लुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले तोकिएको समयमा कसैले पनि उमेदवारी फिर्ता नलिएको जानकारी दिए।

घर्तीलाई उमेदवारी फिर्ता लिन दबाब दिने उद्देश्यले प्रहरीले ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिएको थियो। बुर्तिवाङस्थित घरमा बसिरहेका घर्तीलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङको प्रहरीले मध्यान्ह १२ बजे नियन्त्रणमा लिएर हेलिकप्टरमार्फत सदरमुकाम पठाएको थियो।

उनी चढेको हेलिकप्टर ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको होटल दरबारको छतमा ल्याण्ड गरिएको थियो।

१ बजेभित्र प्रदेशसभा निर्वाचन कार्यालयमा पुर्याएर उम्मेदवारी फिर्ता गराउने प्रहरीको प्रयास असफल भएको छ। निर्वाचन कार्यतालिकाअनुसार, आइतबार दिउँसो १ बजेभित्र मनोनयन फिर्ता लिने समय तोकिएको थियो।

तर घर्ती हेलिकोप्टर चढेर पुग्दा समय घर्किइसकेको थियो।

घर्तीसँगै रहेका उनका समर्थक तुल्सी अर्याललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका थिए।

बाग्लुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले घर्तीलाई प्रहरीले नियन्त्रणमा नलिएको बताए। घर्ती अहिले नेकपाको पार्टी कार्यालय रहेको उनले बताए।

उक्त क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खीमविक्रम शाहीलाई समर्थन गरेको छ। तर, सोही निर्वाचन क्षेत्रमा नेकपाकै घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी तत्कालीन नेकपा माओवादीका जिल्ला सल्लाहकार थिए।

प्रकाशित: Nov 10, 2019| 09:27 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।