बुधबार, जेठ ८, २०८२

मनाङमा कांग्रेस महाधिवेशनअगावै नेतृत्वको टुंगो

विकट हिमाली जिल्ला मनाङमा वडा तहको महाधिवेशनअगावै कांग्रेस नेतृत्व टुंगो लागेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

मनाङ– विकट हिमाली जिल्ला मनाङमा वडा तहको महाधिवेशनअगावै कांग्रेस नेतृत्व टुंगो लागेको छ। मनाङ कांग्रेसले वडा तहको निर्वाचनअगावै नेतृत्व चयन गरेको हो। विवादरहित तवरबाट सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए।

कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको छ। दुई कार्यकाल नेतृत्व सम्हालेका वर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताको छलफलबाट आगामी कार्यकालको नयाँ नेतृत्व टुंगो लगाइएको उनले बताए। 

जिल्ला सभापतिसहित मनाङ कांग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्य समिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए। नेतृत्व छनोट गर्ने विषयमा जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर बन्ने भन्दै बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने सभापति टेकबहादुरको भनाइ छ। रासस


प्रकाशित: Sep 01, 2021| 17:41 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।