मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्राविधिक शिक्षालयका कर्मचारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कर्णाली प्राविधिक शिक्षालयका कर्मचारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत कर्मचारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत कर्मचारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शिक्षालयमा कार्यरत दुई जना कर्मचारी, एक परीक्षार्थी र अन्य दुई जनाविरुद्ध अख्तियारले बुधबार मुद्दा दायर गरेको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा कार्यक्रम अनुसार कृषितर्फको डिप्लोमा आइएसीएजी प्रथम वर्षको बाह्य परीक्षामा उत्तरपुस्तिका परिवर्तन गरेको अभियोगमा प्रशिक्षक सहायक गंगाराज शाही, परीक्षाका निरीक्षक चन्द्रसिंह खत्री र नक्कली परीक्षार्थी टंकप्रसाद चौलागाईविरुद्ध मुद्दा दायर गरेको हो।

शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत रहेर तलबी अध्ययन बिदामा सोही शिक्षालयमा अध्ययनरत रहेका शाही र परीक्षा निरीक्षक चन्द्रसिंह खत्रीले मिलेमतोमा टंकप्रसाद चौलागाईलाई उत्तर लेख्न लगाएको खुलेको अख्तियारले जनाएको छ।

अङ्ग्रेजी विषयबाहेक सबै विषयको परीक्षामा खाली उत्तरपुस्तिका तथा प्रश्नपत्र परीक्षा हल बाहिर पठाई चौलागाईलाई उत्तर लेख्न लगाई पृष्ठहरु गंगाराज शाहीको उत्तरपुस्तिकामा संलग्न गराएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

यस्तै गोरु व्यापार गर्न सहयोग माग्दै प्रहरी निरीक्षकलाई १५ हजार रुपैयाँ घुस दिन खोज्ने स्याङजा वालिङ नगरपालिका–८ बस्ने जहरुदिन तेलीविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तेलीले वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षकलाई कार्यकक्षमै घुस दिन खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिई अख्तियारलाई बुझाएको थियो।

यस्तै मोटरसाइकल दुर्घटनामा बीमा रकम दाबीको सिफारिस बनाउन प्रहरीलाई घुस दिन खोज्ने सर्लाही वाग्मती–८ श्यामकुमार श्रेष्ठविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चालक अनुमति पत्र नभएको युवकले मोटरसाइकल चलाएर भएको दुर्घटनामा नक्कली चालक खडा गरी मिलापत्र भएको र उपचार खर्चको लागि बीमा रकम माग दाबीको सिफारिस बनाउन प्रहरी निरीक्षकलाई १० हजार घुस दिन खोजेको भन्दै श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अख्तियारको जिम्मा लगाएको थियो।

यस्तै घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट लिएको १५ घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको छ।

त्यस्तै जन्मदर्ता प्रमाण–पत्र बनाई दिएवाफत सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका सप्तरी महादेवा गाँउपालिका–६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रलेनायव सुब्बा नवोनाथ मिश्रविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

प्रकाशित: Jan 08, 2020| 10:17 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।