बिहीबार, जेठ १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ को हिउँदे अधिवेशन आज सुरु हुँदै, टुंगिएला स्थायी राजधानी र नाम ?

प्रदेश ५ को हिउँदे अधिवेशन आज सुरु हुँदै, टुंगिएला स्थायी राजधानी र नाम ?

बिजनेस’ अभावले चार महिनासम्म चल्न नसकेको प्रदेश ५ संसद्को हिउँदे अधिवेशन (आज) आइतबार सुरु हुँदैछ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

बुटवल– ‘बिजनेस’ अभावले चार महिनासम्म चल्न नसकेको प्रदेश ५ संसद्को हिउँदे अधिवेशन (आज) आइतबार सुरु हुँदैछ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन्।

अधिवेशन सुरु हुन लाग्दा स्थायी राजधानी र नामको टुंगो कहिले लाग्ला भन्ने आम चासो देखिन्छ।

जेठ २ गते सुरु भएको बजेट अधिवेशन (चौथाे अधिवेशन) असोज २ मा सकिएको थियो।

सरकारले बिजनेस दिन नसकेकाले चार महिनायता संसद् बैठक चल्न सकेको छैन। संघीय संसद् अवरोध, संघीय सरकारले बनाउनुपर्ने कानुन निर्माणमा ढिलाइ, उपनिर्वाचनलगायत कारणले प्रदेशसभा बैठक सञ्चालनमा ढिलाइ भएको हो।

हिउँदे अधिवेशनमा सरकारले ६ वटा विधेयक संसद् पठाउने गरी तयारी गरेकाे छ।  अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तह सम्बन्धी, विश्वविद्यालय, लोक सेवा, चलचित्र सम्बन्धि विधेयक पेश हुने छ।

प्रदेशसभाको चौथाे अधिवेशनसम्म ४९ वटा विधेयक पारित गरेको छ।

टुंगिएला स्थायी राजधानी र नाम ?

हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश सरकारले जनाएकाे छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले हिउँदे अधिवेशनले स्थायी राजधानी र नामको टुंगो लगाउने बताएका छन्। 

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ र राजपाका तथा राष्ट्रिय जनमोर्चा नेपालका १/१ जना सांसद गरी ८७ जना छन्।

प्रकाशित: Jan 19, 2020| 07:46 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।