शुक्रबार, असार ६, २०८२

धादिङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

धादिङको निलकण्ठ नगरपालिकामा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं - धादिङको निलकण्ठ नगरपालिकामा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। ज्वालामुखी गाउँपालिकाको ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किँदै गरेका दर्शनार्थी चढेको ग१ख ८०१२ नं को ट्रक मैलीभञ्ज्याङमा दुर्घटनामा परेको धादिङ प्रहरीले जानकारी दिएको छ।

ट्रकमा धेरै यात्रु चढेको र तीव्र गति रहेका कारण अनियन्त्रित भइ ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरी अनुमान छ। ट्रक ज्वालामुखी गाउँपालिकाबाट धादिङबेसी फर्किँदै थियो। मृतकको परिचय खुल्न सकेको छैन भने घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

प्रकाशित: Jan 21, 2020| 17:34 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।