आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सिद्धार्थनगर उपप्रमुखसहित रुपन्देहीका ५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

सिद्धार्थनगर उपप्रमुखसहित रुपन्देहीका ५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

काफ्लेसहित तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य यज्ञश्वर क्षेत्री, बुटवल उपमहानगरका वडा सदस्यहरु चीनबहादुर गुरुङ, सुनील शाक्य र गोपाल नेपालले निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

बुटवल- सिद्धार्थनगर नगरपालिका भैरहवाकी उपप्रमुख उमा काफ्लेसहित रुपन्देहीका ५ जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवदी) मा सनाखत गरेका छन्।

काफ्लेसहित तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य यज्ञश्वर क्षेत्री, बुटवल उपमहानगरका वडा सदस्यहरु चीनबहादुर गुरुङ, सुनील शाक्य र गोपाल नेपालले निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। 

रुपन्देहीमा दोस्रो पुस्ताका नेता घनश्याम भुसाल एमालेमै बसेपछि धेरैले रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टी नरोज्ने अनुमान गरिएको थियो। तर, भुसालकै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सिद्धार्थनगरका उपप्रमुख काफ्लेले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्। 

आफू विचारका आधारमा राजनीति गर्ने भन्दै नेकपा एकीकृत समाजवादीमा खुलेको उनले बताइन्। 'अन्य साथी पनि आउनुहुन्छ तर हामीले करकाप गरेनौँ,' उनले भनिन्। 

भोलिसम्म सनाखतको समय भएकाले अन्य जनप्रतिनिधिले पनि सनाखत गर्ने एकीकृत समाजवादी पार्टी रुपन्देहीका संयोजक राजु गुरुङले बताए। 

निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समय दिएको छ।

प्रकाशित: Sep 06, 2021| 15:06 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।