मंगलबार, जेठ ७, २०८२

उद्योग वाणिज्य महासंघको साधारणसभा चैत अन्तिम साता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभा चैत २८ र २९ काठमाडौंमा हुने भएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभा चैत २८ र २९ काठमाडौंमा हुने भएको छ।

आईतबार बसेको एफएनसीसीआईको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो।

सो साधारणसभाबाट हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्षमा चयन हुनेछन् भने बरिष्ठ उपाध्यक्षका लागि हालसम्म दुईजना प्रतिष्पर्धी चण्डीराज ढकाल र किशोर प्रधान आकांक्षी रहेका छन्।

त्यस्तै समितिले महासंघ अन्तर्गतको प्रदेशको निर्वाचन भने केन्द्रको सकेपछि गर्ने निर्णय गरेको छ।

तर महासंघको विधानमा भने केन्द्रको निर्वाचन गर्नु भन्दा दुई महिनाअघि नै प्रदेशको निर्वाचन हुनुपर्ने प्रावधान रहेको छ।

सो प्रावधानको वेवास्ता गर्दै एफएनसिसिआईले प्रदेशको निर्वाचन पछाडि सारेको हो। यो साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान भएकोले बरिष्ठ उपाध्यक्षको लागि राम्रो भिडन्त हुने पक्का छ।

प्रकाशित: Feb 23, 2020| 19:42 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्