आइतबार, असार ८, २०८२

लुम्बिनीमा जसपाबाट निर्मला मुडभरी भट्टराईको शपथ

जनता समाजवादी पार्टी (जसपा) को समानुपातिकमा सिफारिस रुपन्देहीकी निर्मला मुडभरी भट्टराईले लुम्बिनी प्रदेशसभा सदस्यको शपथ लिएकी छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

बुटवल– जनता समाजवादी पार्टी (जसपा) को समानुपातिकमा सिफारिस रुपन्देहीकी निर्मला मुडभरी भट्टराईले लुम्बिनी प्रदेशसभा सदस्यको शपथ लिएकी छन्। लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य भट्टराईलाई शपथ गराएका हुन्। 

जसपाले लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालले पार्टीको ह्वीप उल्लघन गरेको भन्दै कारवाही गरेपछि पद रिक्त भएको थियो। जनता समाजवादी पार्टीको गत साउन ३२ गते केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्मलालाई निर्वाचित गरेको पत्र प्रदेशसभामा पठाएको थियो। शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू जनताको सेवामा समर्पित हुने बताइन्। 

जसपाले एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै पाण्डे सहित सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो। जसपाले कारवाही गरेका अन्य २ जना भने प्रत्यक्ष निर्वाचित भएका हुन्। निर्मलाको शपथ भएसँगै लुम्बिनीमा प्रदेशसभा सदस्यको संख्या ८१ कायम भएको छ।

प्रकाशित: Sep 08, 2021| 16:29 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।