मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा चौथो कोरोना संक्रमित भेटिए, सेती अस्पतालमा उपचार हुँदै

नेपालमा चौथो कोरोना संक्रमित भेटिए, सेती अस्पतालमा उपचार हुँदै

धनगढीमा एक युवालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं- धनगढीमा एक युवालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या चार पुगेको छ। 

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनी हालै दुबईबाट फर्किएका ३४ वर्षका नेपाली पुरूष हुन्।  उनी ११ चैतमा अस्पतालमा भर्ना भएका थिए।

यसअघि यूएईबाट आएका धादिङका युवक र फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु दुबै जना टेकु अस्पतालमा उपचाररत छन्।

त्यसअघि चीनबाट आएका एक युवामा कोरोना संक्रमणको पुष्टि भए पनि उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

 

प्रकाशित: Mar 27, 2020| 13:37 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।