कोरोना भाइरसविरुद्धको लडाइँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) साँझ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो बाल्न आग्रह गरेअनुसार भारतभर नागरिकहरुले बत्ती बालेका छन्। बिजुली बत्ती निभाएर दियो, मैनबत्ती, टर्चलाइट वा मोबाइलको फ्लास लाइट बाल्न आग्रह गरेका थिए।
भारतमा जस्तै नेपालमा पनि केहीले स्वःस्फूर्त रुपमा दियो बालेका छन्। कतिपयले सामाजिक सञ्जालमा तस्बिर पनि पोस्ट गरेका छन्।