आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राजपा फुट्ला भनेर अध्यादेश ल्याइएको हो भने दिवा स्वप्नमात्र हो : महतो

राजपा फुट्ला भनेर अध्यादेश ल्याइएको हो भने दिवा स्वप्नमात्र हो : महतो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा फुटाउने दिवास्वप्न सरकारले देखेको भन्दै त्यो पूरा नहुने बताएका छन्।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा फुटाउने दिवास्वप्न सरकारले देखेको भन्दै त्यो पूरा नहुने बताएका छन्।

सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याएपछि महतोले यस्तो प्रतिक्रिया दिएका हुन्।

राजपालाई लक्षित गरी विधेयक आएको हो ? भन्ने नेपाल समयको जिज्ञासामा महतोले भने, ‘राजपालाई लक्षित गरी विधयेक ल्याइएको छ भने त्यो ओली सरकारको दिवास्वप्न हुन सक्छ। त्यो पूरा हुने छैन। राजपा एक ढिक्का छ, कतै टुटफुट हुने छैन।’

सरकारले लोकतन्त्रको घाँटी निमोठेको आरोप लगाउँदै महतोले थपे, ‘संवैधानिक परिषदमा विपक्षीको भूमिकालाई हटाउने प्रपञ्चले लोकतन्त्र समाप्त हुन्छ। बहुदलीय व्यवस्थालाई समाप्त पार्ने षड्यन्त्र भएको छ।’

कोरोना विरुद्ध लड्नु र्ने समयमा सरकारले षड्यन्त्रपूर्ण काम गरेको आरोप उनले लगाए।

आजमात्रै सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको थियो। भण्डारीले आजै उक्त अध्यादेश जारी गरेकी छन्।

सरकारबाट सिफारिस भएको संवैधानिक परिषद् सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश पनि भण्डारीले जारी गरेकी छन्।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भए पनि बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।

 

प्रकाशित: Apr 20, 2020| 20:10 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।