शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जका ४ ठाउँमा सिल

६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जका ४ ठाउँमा सिल

बाँकेको नेपालगन्जका एक पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रशासनले विभिन्न चार ठाउँमा सिल गरेको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

काठमाडौं- बाँकेको नेपालगन्जका एक पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रशासनले विभिन्न चार स्थानमा सिल गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका–८ डीएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना संक्रण देखिएपछि आसपासका चार वटा स्थानमा सिल गरिएको बाँके प्रशासनले जनाएको छ।

डीएसपी रोडसहित धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए।
संक्रमित व्यक्ति घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएको खुलेको छ।

उनी थुप्रै व्यक्तिको सम्पर्कमा पुगेको हुनसक्ने आशंकामा ती क्षेत्र सिल गरिएको खड्काले बताए। संक्रमित व्यक्तिका पत्नी र छोरा तथा नजिकका छिमेकीको पनि कोरोना जाँच गरिने प्रशासनले जनाएको छ।

संक्रमित पुरुष करिब एक महिना पहिले भारतको बहराइचबाट नेपाल फर्किएको बुझिएको छ। महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका झन्डै ६ सय जना भागेकामा उनी पनि त्यसैमध्ये रहेको आशंका छ।

यस्तै नेपालगन्ज धम्बोजीका अर्का एक युवामा पनि संक्रमण आशंका गरिएपछि प्रशासनले त्यो क्षेत्र पनि सिल गरेको छ। उनी धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए। उनलाई खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ।

प्रकाशित: May 01, 2020| 17:00 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।