आइतबार, जेठ १२, २०८२

लकडाउनमा पनि गुलजार गल्लामन्डी (फोटो फिचर)

पश्चिम नेपालको खाद्यान्नको हब मानिने गल्लामन्डी भैरहवामा लकडाउनको बेवास्ता गरिएको छ । जसका कारण यहाँ दैनिक सयौ गाडी लोड–अनलोड भइरहेका छन् ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

पश्चिम नेपालको खाद्यान्नको हब मानिने गल्लामन्डी भैरहवामा लकडाउनको बेवास्ता गरिएको छ । जसका कारण यहाँ दैनिक सयौ गाडी लोड–अनलोड भइरहेका छन् ।

कोरोना संक्रमणको उच्च जोखिममा प्रदेश ५ पनि छ। भारतीय क्षेत्रसँग ६० किलोमिटर खुला सीमाना रहेको रुपन्देहीमा दैनिक सयौं मानिसहरु भारतबाट लुकीछिपी नेपाल प्रवेश गरिरहेको सीमा क्षेत्रका बासिन्दा बताउँछन्।

हालैमात्र मर्चवारमा भेटिएका कोरोना संक्रमित २५ वर्षिय युवा लुकिछिपी वैशाख ५ गते मर्चवारको ठोटरी नाकाबाट रुपन्देही प्रवेश गरेका थिए । त्यसका अतिरिक्त भैरहवा भन्सार हुँदै दैनिक सयौं मालबाहक गाडी नेपाल भित्रिरहेका छन् । बजारमा बिना सुरक्षा सतर्कता मालबाहक सवारी साधनबाट सामग्रीहरु लोड–अनलोड गरिरहेका छन् । प्रहरी मूकदर्शक बनेर बसेको छ ।

जिल्ला प्रशासन कार्यलय रुपन्देहीका सूचना अधिकारी जनक थापाले अत्यावश्यक बस्तुको समस्या नपरोस् भनेर केही पसल खोल्ने भनिएपनि पूरै बजार खोलेर काम गर्न भने नपाइने बताए । उनले भने, ‘म यो विषयमा बैठकमा कुरा राख्छु । हामी यो विषयमा गम्भिर रुपमा छलफल गर्छौ ।’

प्रकाशित: May 06, 2020| 08:00 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।