आइतबार, जेठ १२, २०८२

बुद्ध जयन्तीमा पनि लुम्बिनी सुनसान

कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहँदा २५६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र विश्व शान्तिको कामना गरी मनाइएको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहँदा २५६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र विश्व शान्तिको कामना गरी मनाइएको छ ।

बिहीबार बिहान लुम्बिनीभित्र रहेका स्वदेशी तथा विदेशी बिहारका सीमित भिक्षुहरु, लुम्बिनी विकास कोषका केही पदाधिकारीको उपस्थितिमा सामान्य रुपमा एक घन्टाभित्रै बुद्ध जयन्तीको कार्यक्रम गरिएको हो ।

सो क्रममा कुनै पनि महामारीबाट मुक्ति पाउन गरिने रतनसूत्र पाठ बाचन भएको थियो । मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ अगाडि भिक्षुहरु मुखमा मास्क र केहीले हातमा पन्जा लगाएर तोकिएको स्थानमा बसेका थिए ।

लुम्बिनीमा बुद्ध जयन्ती मनाउन सुरु गरेयता पहिलो पटक यसरी सामान्य रुपमा सीमित र तोकिएका व्यक्तिमात्रै सहभागी भई बुद्ध जयन्ती मनाइएको हो।

प्रकाशित: May 07, 2020| 20:35 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।