आइतबार, जेठ १२, २०८२

लिपुलेकमा भारतले यसरी बनायो सडक (फोटो फिचर)

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरिरहेको छ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

भारतको पिथौरागढ जिल्लाको गर्बाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरिरहेको छ। शुक्रबार उद्घाटन गरिएको कुल ८० किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नाविढांग क्षेत्रमा पर्दछ।

गर्बाधार-लिपुलेक सडकलाई रणनीतिक महत्त्वको परियोजनाका रुपमा लिएको छ। सडक निर्माण भएसँग भारतको उत्तराखण्डसँग चीन जोडिएको छ। सडक निर्माण भारतको बोर्डर रोड अर्गानाइजेसन (बीआरओ)ले गरेको हो।

सडक निर्माणको स्वीकृति भारतको सीसीएस (क्याबिनेट कमिटी अन सेक्युरिटी) ले सन् २००५ मा गरेको थियो। सडक निर्माणमा ४३९.४० करोड खर्च भएको बीआरओले जनाएको छ।

सडक निर्माण भने २००८ मा सुरु भएको थियो। नजंगदेखि बुँदी गाउँसम्मको दुर्गम क्षेत्र रहेका कारण १५ किलोमिटर निर्माणमा ढिलाइ भएको बीआरओले जनाएको छ।

सडक निर्माणसँग १७ हजार फिट उचाइमा रहेको लिपुलेक पुग्न सहज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब दिल्लीबाट लिपुलेकसम्म दुई दिनमा पुगिन्छ। लिपुलेकबाट मानसरोबर ९५ किलोमिटर छ।

यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ।

तस्बिरहरुः नरेन्द्रसिंह कार्की / रासस

प्रकाशित: May 09, 2020| 15:50 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।