आइतबार, असार ८, २०८२

एमाले घाइते अवस्थामा छ : घनश्याम भुसाल

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले पार्टी घाइते भएको बताएका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

बुटवल– नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले पार्टी घाइते भएको बताएका छन्।

रुपन्देहीमा बुधबार आयोजित कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्ने क्रममा उनले पार्टी विभाजनलाई संकेत गर्दै एमाले घाइते भएको बताएका हुन्। उनले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौं। आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं।’ 

उनले आगामी चुनावपछि पार्टीले आफ्नो वर्चश्व फर्काउने बताए। ‘नेकपा एमाले यत्रो ठूलो शक्तिले लोकतान्त्रिक अभ्यासमा कटिबद्ध भयौं भने २०७४ सालको वर्चश्व फर्काउँछौं,’ उनले भने। 

उनले पार्टी विभाजन गएर गएका माधवकुमार नेपालले पनि आत्मसमीक्षा गर्नुपर्ने बताए। ‘यही कुरा माधवकुमार नेपालाई बताउन सकेनौं। उहाँ आफैंले नबुझेको होइन जस्तो लाग्छ तर किन बुझ्नु भएन थाहा छैन,’ उनले भने। 

भेलालाई सम्बोधन गर्दै अर्का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको पार्टीले अर्को निर्वाचनमा जमानत पनि जोगाउन नसक्ने बताए। उनले एमालेबाट स्वार्थी तत्वहरु उछिटिएको बताए। भेलालाई एमालेका नेता टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: Sep 15, 2021| 16:55 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।