आइतबार, असार ८, २०८२

एमाले अध्यक्ष ओलीको चिन्ता– सरकार बेखर्ची हुने भो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि प्रश्न उठाएका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

बुटवल– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि प्रश्न उठाएका छन्। एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘बुख्याचा हो कि सरकार? बुख्याचाले बरु बाली खान आउनेलाई तर्साउँछ, तर यो सरकारले त्यसो पनि गर्न सकेन।’ वर्तमान सरकार कठपुतली जस्तै भएको आरोप उनले लगाए। 

उनले पूर्ववर्ती सरकारले ल्याएको लोकप्रिय बजेट विस्थापन गरेर अर्को बजेट ल्याएको सरकारले संसद् अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भन्दै आश्चर्य प्रकट गरे। ‘खुरुरु दौडेर विधेयक पेश गर्ने अर्थमन्त्रीलाई बजेट पारित नगर्दा खर्च गर्न मिल्दैन भन्ने थाहा नहुने, कस्तो अर्थमन्त्री?’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अब सरकारले चिया पनि कसरी खान्छ? ।’ उनले भोलिदेखि यो सरकारले बजेट खर्च गर्न नपाउने बताउँदै सरकार बेखर्ची हुने बताए।

यो सरकार गम्भीर संकटमा फसेको बताउँदै उनले आफ्नै कारण संकटमा फसेको बताए। उनले आफ्नो नेतृत्वको सरकारले तीव्र विकास गरेको दाबी गरे। ‘विश्वमा तीव्र गतिमा विकास गर्नेमा नेपाल परेको थियो। कठै अहिलेको सरकार ! ओइल्याएको जस्तो, अलपत्र छ सरकार,’ उनले भने। उनले  दुई महिनासम्म सरकार विस्तार गर्न नसेको बताउँदै मन्त्रीलाई छोइसक्नु नभएको समेत बताए। 

अध्यक्ष ओलीले सरकारको मात्र आलोचना गरेनन्। उनले एमाले विभाजन गरेका माधवकुमार नेपालको पनि चर्को आलोचना गरे। ओलीले माधव नेपाललाई कमरेड भन्न नमिल्ने बताए। उनले पार्टीलाई ध्वस्त पार्ने काम माधव नेपालले गरेको बताए। ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड, उहाँ कामरेड होइन, हुनुहुन्न, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन्,’ उनले भने । 

उनले माधव नेपाल सधैं पार्टी नेतृत्व र सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाए। ‘गरिबको आँसुले पोल्छ तिमीलाई भन्ने गीतमा भनेजस्तै माधव नेपाललाई पोल्नेछ,’ उनले भने। उनले एमाले फुटेको नभई जीवन शर्माको गीत ‘पिलो निचोरिँदैमा वजन घट्दैन’  भनेजस्तै भएको बताए। उनले माधव नेपाललाई संकेत गर्दै भने, ‘मौरीको साथ लगाएर जाँदा बगैंचामा पुगिन्छ, झिँगाको साथ लागेर जानुभयो भने फोहोरको डंगुरमा पुगिन्छ।’ 

ओलीले प्रचण्डलाई उल्क्याउने भने माधव नेपाल नै भएको बताए। ‘प्रचण्डलाई उल्क्याउने माधव नेपाल नै हुन्, यसपटक सकिन्न कि सकिन्न भन्दै गर्दा खुट्टा कमाउने होइन भन्दै दरा पार्न खोज्दै धकेल्दै प्रचण्डलाई त्यहाँ पुर्याउने माधव नेपाल हुन्,’ उनले भने। उनले प्रचण्डलाई आफूले विगतको चुनावमा कान्छी दिएर डोर्याएको समेत टिप्पणी गरे।

प्रकाशित: Sep 15, 2021| 17:42 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।