आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभा एक घण्टाका लागि स्थगित

एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभा एक घण्टाका लागि स्थगित

दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभाको बैठक केही बेर ढिलो गरी शुरु भएको थियो। सभामुख पूर्ण बहादुर घर्तीले बैठक शुरु गर्नासाथ एमाले सांसहरुले उठेर विरोध गरेका थिए।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

बुटवल- नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। एमाले सांसदहरुले नाराबाजी गर्दै सदनमा विरोध गरेपछि बैठक ३ : १० बजेसम्मका लागि स्थगित भएको हो। 

दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभाको बैठक केही बेर ढिलो गरी शुरु भएको थियो। सभामुख पूर्ण बहादुर घर्तीले बैठक शुरु गर्नासाथ एमाले सांसहरुले उठेर विरोध गरेका थिए। 

सभामुखले विरोधका बारेमा एमोलका सांसद आरती पौडेललाई बोल्न दिए। सांसद पौडेलले एमालेले कारबाही गरेका अजय शाही र माओवादी सांसद विमला कुमारी वलीलाई पद रिक्तको सूचना ननिकाल्दासम्म संसद चल्न नदिने अडान राखिन्। 

बैठकमा जनता समाजवादीका तर्फबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित निर्मला मुडभरी भट्टराई निर्वाचित भएको जानकारी सभामुखले गराउने कार्यसूची थियो। यस्तै एमाले सांसद रमा घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको समेत जानकारी गराउने कार्यसूची छ। यस्तै मन्त्रीहरुको कार्यविभाजन हेरफेर तथा केहि विधेयक पेस गर्ने कार्यसूची तय गरिएको थियो।

प्रकाशित: Sep 16, 2021| 14:29 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।