आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको तयारी भएपछि लुम्बिनीमा माओवादी सांसद सम्पर्कबाहिर, एमाले फर्केको आशंका

मुख्यमन्त्रीविरुद्ध अविश्वासको तयारी भएपछि लुम्बिनीमा माओवादी सांसद सम्पर्कबाहिर, एमाले फर्केको आशंका

लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली नेकपा माओवादी केन्द्रको सम्पर्कबाहिर छिन् अहिले। तत्कालिन नेकपाबाट दाङको ३ (क) बाट निर्वाचित वली एकाएक पार्टीको सम्पर्क बाहिर रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

बुटवल- लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली नेकपा माओवादी केन्द्रको सम्पर्कबाहिर छिन् अहिले। तत्कालिन नेकपाबाट दाङको ३ (क) बाट निर्वाचित वली एकाएक पार्टीको सम्पर्क बाहिर रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ।

पार्टीको शनिबार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए।

लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले पदवहाली गरेलगत्तै विपक्षीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव मार्फत हटाउने तयारी गरिरहेका छन्। जसपाका तीन सांसदलाई समेत प्रदेशसभाले पदमुक्त गरेको सूचना निकालेपछि सरकारले बहुमत गुमाएको छ। 

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ।

माओवादी केन्द्र प्रमुख सचेतक घर्तीले सरकार अल्पमतमा परेकाले सरकारले अनेक षड्यन्त्र गरेको बताए। उनले भने, ‘विमलाजी अहिले हाम्रो सम्पर्कमा हुनुहुन्न।’ 

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन्। विमला एमालेमा फर्के पनि सरकारलाई बहुमत पुग्ने अवस्था भने छैन।

दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन्। परिवारसँग भने उनले स्वास्थ्यमा समस्या आएकाले नेपालगञ्जमा उपचारमा रहेको बताएकी छन्।

प्रकाशित: Jul 31, 2021| 09:30 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।