बुधबार, जेठ २२, २०८२

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ।

कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो।

आज सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरिएको सूचनामा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा हाल स्थगन गरिएको उल्लेख छ।

शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत् नै सञ्चालन हुने भएको छ। रासस

प्रकाशित: Aug 13, 2020| 21:02 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।