आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलका मेयरलाई मुक्का हान्ने युवा एमाले कार्यकर्ता, पक्राउ गर्न प्रहरीकाे आनाकानी

बुटवलका मेयरलाई मुक्का हान्ने युवा एमाले कार्यकर्ता, पक्राउ गर्न प्रहरीकाे आनाकानी

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनीकाे पहिराे प्रभावित हुन्। मेयर सुवेदीलाई सोमबार मध्यान्ह पंगेनीले मुक्का हानेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

बुटवल- बुटवलमा उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवा नेकपा (एमाले)का कार्यकर्ता भएकाे खुलेकाे छ। पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका  नगरप्रमुख सुवेदीलाई अनेरास्विवयू रूपन्देहीका सदस्य गणेश पंगेनीले मुक्का प्रहार गरेकाे एमालेका एक नेता पुष्टि गरे।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनीकाे पहिराे प्रभावित हुन्। मेयर सुवेदीलाई सोमबार मध्यान्ह पंगेनीले  मुक्का हानेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।

एमाले अध्यक्ष समेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि नेताहरू छलफलमा जुटेका छन्। मुक्का प्रहार लगत्तै युवा संघ, नेपालका नेताहरूले आक्रमणकारीलाई नछाेडने प्रतिक्रिया दिएका थिए।

प्रहरीले भने अझैसम्म ती युवालाइ पक्राउ नगरिएकाे जनाएकाे छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले खाेजी भइरहेकाे बताए। जबकि कुँवरकै अगाडि मेयरमाथि आक्रमण भएको थियाे।  

विद्यार्थी राजनीति गर्दै आएका पंगेनीले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ। उक्त क्षेत्रमा भदाै १० देखि ठूलाे वर्षा चुरे बगेर ज्याेतिनगर क्षेत्रका दुई दर्जन घरमा क्षति पुगेकाे थियाे। साेमबार मात्रै पनि ९ घर पहिराेले क्षतिग्रस्त भएकाे थियाे।

प्रकाशित: Sep 20, 2021| 15:55 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।