आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकर्स संघले भन्यो– बैंकका सबै शाखा नखोल, डिजिटल बैंकिङ बढाऊ

बैंकर्स संघले भन्यो– बैंकका सबै शाखा नखोल, डिजिटल बैंकिङ बढाऊ

संक्रमण बढेपछि गत सातामात्र नेपाल राष्ट्र बैंकले कर्मचारीलाई आलोपालोको व्यवस्था गरी आधा कर्मचारीबाट सेवा दिन बैंकहरुलाई निर्देशन दिएको थियो। यसैगरी कोभिड–१९ को अवस्थामा सेवा सञ्चालनसम्बन्धी निर्देशिका बनाउन समेत निर्देशन दिएको थियो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुलाई आलोपालो शाखा खोलेर सेवा दिन भनेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै बैंकका कर्मचारीहरुमा पनि संक्रमण फैलिएपछि संघले सबै शाखा नखोली आलोपालो शाखा खोलेर सेवा दिन भनेको हो।

नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंकका कर्मचारीहरु कोरोबाट संक्रमित भइसकेका छन्। कोभिड–१९ संक्रमणको जोखिम बढेपछि अत्यावश्यक अवस्थामा बाहेक शाखामा नआउन बैंकर्सहरुले सेवाग्राहीलाई आग्रह गरेका छन्।

सार्वजनिक सूचना प्रकाशित गरी नेपाल बैंकर्स संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गर्न आग्रह गरेको हो।

संक्रमण बढेपछि गत सातामात्र नेपाल राष्ट्र बैंकले कर्मचारीलाई आलोपालोको व्यवस्था गरी आधा कर्मचारीबाट सेवा दिन बैंकहरुलाई निर्देशन दिएको थियो। यसैगरी कोभिड–१९ को अवस्थामा सेवा सञ्चालनसम्बन्धी निर्देशिका बनाउन समेत निर्देशन दिएको थियो।

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कारोबार समय घटाएका छन्। यसैगरी शाखाहरु पनि आलोपालोमा मात्र खोल्न थालेका छन्। संघले डिजिटल बैंकिङ (मोबाइल–इन्टरनेट) को माध्यमबाट प्रायः सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्नुहुन अनुरोध गरेको छ।

यस्तै डिजिटल बैंकिङ प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अप्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोन मार्फत् सम्पर्क गरी सहयोग लिन पनि आग्रह गरेको छ।

एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङबाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा गर्न सकिने संघले जनाएको छ।

प्रकाशित: Aug 18, 2020| 14:24 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्