धनगढी- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा आज बिहान १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी रहेको गोदावरी नगरपालिका क्षेत्रमा पर्ने अत्तरिया बजार र मुख्य व्यापारिक केन्द्र धनगढी सुनसान छन्। सडक ठप्प छ। पसल, उद्योग बन्द छन्।