आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने गणेशविरुद्ध एमालेले मुद्दा नचलाउने

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने गणेशविरुद्ध एमालेले मुद्दा नचलाउने

नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

बुटवल- नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध  मुद्दा नचलाउने भएको छ।

नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो।

एमाले बुटवल नगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन्। 'घटना जसरी भयो, त्यो गलत छ। तर, यश घटनलाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं,' उनले भने। उनले घटना नियोजित रूपमा भएको आशंका रहेको बताए।

नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ। मेयर सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित  भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो।

पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई  सोमबार पङ्गेनीले मुक्का प्रहार गरेका थिए। पंगेनिलाई साँझ  ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी  पहिरो प्रभावित हुन्। ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले २ दर्जन घरमा क्षति पुगेको छ। 



प्रकाशित: Sep 21, 2021| 09:07 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।