चितवन- चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु ६ देखि ७९ वर्ष समुहको रहेको प्रयोगशालकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्।
आज थप भएका संक्रमितसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।
बिहीबारसम्म चितवनमा १३ जना डक्टर र ४६ जना नर्ससहित ८५ जना स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएको छ।
चितवनका कुल संक्रमतिहरू मध्ये भरतपुर महनगरकामात्रै ६० प्रतिशत छन्। महानगरका २८४ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमितहरू मध्ये माडीका ५०, रत्ननगरका ३८, राप्तीका ७५, खैरहनीका १७, कालिका नगरपालिकाका पाँच र इच्छाकामना गाउँपालिकाका दुई जना रहेका छन्।