शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • मोरङको निषेधाज्ञा : बिहान चहलपहल, मध्याह्नपछि सुनसान (फोटोफिचर)

मोरङको निषेधाज्ञा : बिहान चहलपहल, मध्याह्नपछि सुनसान (फोटोफिचर)

भदौ ५ गते रातिदेखि विराटनगरसहित संक्रमण बढी देखिएका कटहरी, बूढीगंगा र रंगेलीमा निषेधाज्ञा लागू भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, भदौ १३, २०७७

विराटनगर– गत साउन ७ गते देशव्यापी रुपमा लकडाउन हट्यो। झण्डै ४ महिना लामो लकडाउन हटेसँगै दैनिकी पुरानै अवस्था फर्किएला भन्ने धेरैले सोचे। बजार, पसल सञ्चालनमा आए। शैक्षिक संस्थाहरु पनि सञ्चालनको तयारी गरियो।

तर, साउन ७ पछिका दिनहरु सोचेजस्तो भएनन्। संक्रमण झन् बढ्न थाल्यो। क्वारेन्टिनमा सीमित कोरोना समुदायमा पुग्यो।

प्रदेश १ का १४ जिल्लामध्ये मोरङमा बढी संक्रमण देखिएको छ। त्यसमा पनि विराटनगरमा धेरै संक्रमण फैलिएपछि साउन १६ गते रातिबाट लकडाउन पुनः सुरु भयो। विराटनगरले लकडाउन लगाएसँगै अन्य स्थानीय तहमा पनि लकडाउनको क्रम सुरु भयो।

भदौ ५ गते रातिदेखि विराटनगरसहित संक्रमण बढी देखिएका कटहरी, बूढीगंगा र रंगेलीमा निषेधाज्ञा लागू भएको छ। पहिलो चरणमा ५ दिन लगाइएको निषेधाज्ञा दोस्रो चरणमा एक साता थपियो । साथै जिल्लाभर नै निषेधाज्ञा लगाइयो तर, केही खुकुलो बनाएर।

विराटनगरसहित मोरङका १७ वटै स्थानीय तहमा मध्यान्न १२ बजेसम्म चहलपहल अत्यधिक हुन्छ। सडकमा निजी र मालवाहक सवारी गुड्ने, बजार, पसल खुल्ने, मानिसको ओहोरदोहोर बाक्लै हुन्छ । तर, मध्यान्हपछि सडक, बजार सुनसान बन्छन्।

विराटनगर क्षेत्रमा मध्यान्नपछि बिहानको तुलनामा चहलपहल केही कम देखिए पनि विराटनगर बाहिर भने लगभग सुनसान नै देखिने गरेको छ।

रंगेली बजार क्षेत्र

 

सिजुवा बजार, रतुवामाई

 

विराटनगर

 

विराटनगर

 

विराटनगर

 

प्रकाशित: Aug 29, 2020| 12:55 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।