काठमाडौं- कोरोना भाइरस महामारीका यस वर्ष इन्द्रजात्रा पनि प्रभावित भएको छ।
कोरोनाको जोखिमका कारण सामान्य औपचारिक पूजा गरेर इन्द्रजात्रा मनाइएको छ। भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने इन्द्रजात्रा पहिलोपटक हुन नसकेको हो।
सरकारले धार्मिकस्थल खुला नगरेको तथा भिडभाड नगर्न भनेकाले सोहीअनुसार जात्रा स्थगित गरिएको आयोजकले जनाएको छ।