मंगलबार, जेठ ७, २०८२

नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

बुटवल- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

रुपन्देहीको भैरहवामा स्थित भीम अस्पतालमा उपचाररत् ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएकोमा त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भिम अस्पताल पठाइएको थियो।

अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको हो । उनको आईसियूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्याबाट समेत पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

भिम अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये ४ जना आईसियूमा रहेका छन् भने १७ जना सामान्य कोभिड आइसोलेशन उपचाररत् रहेको अस्पतालले जनाएको छ ।

रुपन्देहीमा हालसम्म कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 02, 2020| 08:29 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।