लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
‘संयुक्त नाई संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो।
उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनुपर्ने माग गरेका छन्।