मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ८ प्रहरीसहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

८ प्रहरीसहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

८ जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशका थप ५० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

पोखरा- ८ जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशका थप ५० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा २९, गोरखामा १३, बाग्लुङमा ३ र तनहुमा ५ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कास्कीमा थपिएकामध्ये २८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् । पोखरामा थपिएकामध्ये ८ जना नेपाल प्रहरीमा कार्यरत छन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ८९५ जना कोरोना निको भएर घर फर्केका छन् ।

यस प्रदेशमा ३१ जनाको कोरोना संक्रमणकै कारण ज्यान गुमेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित: Sep 16, 2020| 11:12 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।