आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • आम्दाको लापरबाहीले शिशुको मृत्यु भएको आरोप, मेसु भन्छन्- आमाको दूध सर्किएर हुन सक्छ

आम्दाको लापरबाहीले शिशुको मृत्यु भएको आरोप, मेसु भन्छन्- आमाको दूध सर्किएर हुन सक्छ

अस्पतालको इर्मेजेन्सी कक्षमा शिशुलाई भर्ना गरी उपचार गरी निको हुँदै गएको तर आफूले डिस्चार्ज मागेपछि शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले न्यायको माग समेत गरेका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

बुटवल- बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को लापरबाहीका कारण शिशुको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि रुपन्देही सैनामैना-८ बाँसगढीकी रिता परियारले २ महिनाकी बालिकालाई अस्पताल भर्ना गरेकी थिइन्। 

अस्पतालको इर्मेजेन्सी कक्षमा शिशुलाई भर्ना गरी उपचार गरी निको हुँदै गएको तर आफूले डिस्चार्ज मागेपछि शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले न्यायको माग समेत गरेका छन्। 

‘हिजोसम्म बच्चालाई ठिक भइसकेको थियो, हामीले घर लैजान भन्यौँ, तर दिनुभएन। घर लैजान भनेपछि शिशुको मृत्यु भएकाका कारण लापरबाही भएको सिधै देखिन्छ,' मृतक शिशुका बुवा प्रेमले भने। उनले अस्पतालले उपचारमा लापरवाही र वेवास्ता गरेकाले आफूले छोरी गुमाउनुपरेको आरोप लगाए। 

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले भने उपचारमा कुनै कमी नभएको दाबी गरे। उनले बच्चामा रुने समस्या देखिएको तर निको भइसकेको उल्लेख गरे। आमाको दूध खुवाउँदा सर्किएर शिशुको मृत्यु भएको हुनसक्ने उनले आकलन गरे। 

बिहीबार बिहान मृत्यु भएकी शिशुको शव अस्पतालको इर्मेजेन्सी कक्षमै राखिएको छ। आफन्तहरुले न्यायको माग गर्दै शिशुको शव बुझ्न मानेका छैनन्। प्रशासनले कुनै वास्ता नगरेको मृतक परिवारको आरोप छ। 

प्रकाशित: Sep 23, 2021| 21:15 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।