मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार, हिंसा जस्ता घटनामा गम्भीर बन्न सरकारलाई कांग्रेसको आग्रह

बलात्कार, हिंसा जस्ता घटनामा गम्भीर बन्न सरकारलाई कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महिला हिंसा, बलात्कार र हत्या जस्ता घटनाको निरुपणमा गम्भीर बन्न सरकारलाई अपील गरेको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महिला हिंसा, बलात्कार र हत्या जस्ता घटनाको निरुपणमा गम्भीर बन्न सरकारलाई अपील गरेको छ।

पछिल्लो दुई महिनामा देशका विभिन्न ठाउँमा बलात्कारका घटना व्यापक वृद्धि भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न कांग्रेसले संघीय सरकारलाई आग्रह गरेको हो।

सोमबार प्रवक्ता विश्वप्रका शर्माले एक विज्ञप्ति जारी गर्दै बालिकाहरुमाथि भएका श्रृंखलाबद्ध हिंसा, बलात्कार र हत्याका घटनाले सिंगो मुलुकलाई मर्माहत तुल्याएको उल्लेख गरेका छन्।

समाजमा बढ्दो बलात्कार, हत्या, हिंसा जस्ता विसंगति र अपराधले चेतना अभियान रहेका कमजारी तथा कानून कार्यान्वयनमा फितलोपन सम्मको प्रश्न खडा गरेको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बझाङको घटनामा डेढ महिनाअघि मात्रै बलात्कारको अर्को घटनामा ‘मिलापत्र’ मार्फत् ‘उन्मुक्ति’ पाएका युवकको संलग्नता रहेको विवरणले पछिल्लो घटना हुनुमा ब्यक्ति, प्रवृत्ति, समाज र सरकार समेत जिम्मेवार रहेको पुष्टि हुन्छ।’

उनले अगाडि भनेका छन्, ‘बालिका बलात्कारको घटना होस् या महिलाउपरका अन्य हिंसात्मक घटनाका सन्दर्भहरुमा समाजको उच्च सतर्कता, गम्भीर बहस, राज्यको प्रभावकारी उपस्थिति र राजनैतिक दल एवं संघसंस्थाको ऐक्यवद्ध सचेतनाको अभियान टड्कारो ढंगले आवश्यक देखिएको छ।’

विज्ञप्तिमा ८ असोज ७ गते बुधबार बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या, ८ असोज ८ गते बिहिवार उदयपुरको चौदण्डीगढीमा ७ वर्षीया बालिकाको बलात्कार, ८ असोज ९ गते शुक्रबार सुनसरीको बराहक्षेत्रको कटहरेमा ११ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या लगायतका घटनालाई प्रतिनिधि घटनाका रुपमा उल्लेख गरिएको छ।
 

प्रकाशित: Sep 28, 2020| 12:40 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।