काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ।
आज अपराह्न बोलाइएको सचिवालय बैठक स्थगित भएपछि दुई अध्यक्षबीच भेटवार्ता भएको हो।
पछिल्ला राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन लगायत विषयमा दुई अध्यक्षबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।
पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा पनि छलफल भएको बताइएको छ।
प्रधानमन्त्रीका सल्लाहाकारसहित सुरक्षाकर्मीहरुमा कोरोना देखिएपछि आजका लागि बोलाइएको सचिवालयको बैठक स्थगित गरिएको थियो।