शुक्रबार, असार ६, २०८२

पाटेबाघको छालासहित ४ जना पक्राउ

महानगरीय अपराध महाशाखाले पाटेबाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- महानगरीय अपराध महाशाखाले पाटेबाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित होटल प्लाजाबाट पाटेबाघको छालासहित ४ जना पक्राउ परेका हुन्। 

पाटेबाघको छाला अवैध रुपमा बिक्री गर्न ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेर ४ जनालाई पक्राउ गरेको हो। 

होटलको २०८ मा कोठामा ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई भएको छाला बरामद भएको हो। 

६० लाखमा बिक्री वितरण गर्ने योजनामा चारैजना व्यक्तिले छाला ल्याएर आएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा धादिङका ४३ वर्षीय टेकबहादुर तामाङ, २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ, मकवानपुरका २४ वर्षीय सानुकान्छा थिङ छन्। 

धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले ३५ लाख रुपैयाँमा खरिद गरेर बिक्रीका लागि काठमाडौं ल्याएको खुलेको छ। उक्त रकम धादिङकै अर्का एक व्यक्तिले लगानी गरेको खुलेको छ। 

महङ्गो मूल्यमा बिक्री गरेर रकम बाँडेर दशैं मनाउने मनसायले प्रलोभनमा परेर बेच्न ल्याएको पक्राउ परेकाले प्रारम्भिक रुपमा बयान दिएका छन्।

प्रकाशित: Oct 04, 2020| 12:40 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।