बुटवल– प्रदेश–५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजकबाट राजीनामा दिएका छन्।
प्रदेशको राजधानी दाङ बनाउन गरिएको प्रस्तावप्रति असहमति जनाउँदै उनले संयोजकबाट राजीनामा दिएको उल्लेख गरेका हुन्।
श्रेष्ठले दाङमा राजधानी राख्ने निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाएका छन्।
श्रेष्ठकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ प्रदेशसभा सदस्यले 'नोट अफ डिसेन्ट' लेखेका थिए।
राजधानी दाङ बनाउने प्रस्तावप्रति प्रदेशसभामा आजदेखि छलफल शुरु भएको छ।