काठमाडौं– शरद ऋतु लागेपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा चंगा उडाउने गरिन्छ। केही वर्षअघिसम्म चंगाका पारखीहरू लट्टाईं र चंगा आफैंले बनाउँथे।
अचेल बजारमा किनेको चंगा र लट्टाईंको प्रयोग हुन थालेको छ। चंगा उडेको देखेपछि चाडपर्व नजिकिँदै गएको मानिन्छ। आकाशमा चंगा उडाएर चंगा चेट् गर्ने प्रतिस्पर्धा नै चल्छ। नेपालमा भारतबाट चंगा आयात हुने व्यापारी बताउँछन्।