शुक्रबार, जेठ ३, २०८२

मोरङ र सुनसरीमा तीन जना कोरोना संक्रमितको मृत्यु 

मोरङ र सुनसरीमा मंगलबार विहान ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

विराटनगर- मोरङ र सुनसरीमा मंगलबार विहान ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङको कानेपोखरी गाउँपालिका ६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले बताए। उनका अनुसार मृतकमा ब्लड क्यान्सरको समस्या थियो। 
 
सोमबार दिउँसो उपचारका लागि नोबेलमा ल्याइएका उनलाई ज्वरोको समस्या पनि थपिएको दाहालले बताए।

स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पिसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए। 

त्यसैगरि ६ दिनअघि कोरोना पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान साढे दुई बजे मृत्युु भएको जानकारी दाहालले दिए।

उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएका पुरुषको पिसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको उनले बताए। 
 
मधुमेहको पुरानै समस्या भएका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनको भनाइ छ। 

उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । 
 
सुनसरीको धरान उपमहानगरपालिका ३ का ६४ वर्षीय वृद्धको बिहान सवा चार बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतकमा मधुमेह र मुटु सम्बन्धी पुरानै समस्या थियो।
 
पिसीआर परीक्षण गराउँदा असोज १२ गते रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।

ज्वरोलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनलाई उपचारका लागि असोज १२ गते नै अस्पताल भर्ना गरिएको डा. श्रेष्ठको भनाइ छ।

प्रकाशित: Oct 06, 2020| 03:21 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।