शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ को स्थायी राजधानी र नामका विषयमा आज मतदान हुँदै, यस्तो छ अंक गणित 

प्रदेश ५ को स्थायी राजधानी र नामका विषयमा आज मतदान हुँदै, यस्तो छ अंक गणित 

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुने भएको हो।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

बुटवल- प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदैछ। 

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुने भएको हो।

त्यसका लागि प्रदेश सभाको बैठक आज मध्याह्न १२ बजे बस्दैछ। सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । 

बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ । सो समयमा संशाेधन प्रस्ताव आए पनि पहिले सरकारले १६ गते पेश गरेको मूल प्रस्तावमा निर्वाचन हुने प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । 

यदि मन्त्रीको प्रस्तावमा दुई तिहाइ नपुगेमा बल्ल संशाेधन प्रस्तावमा मतदान प्रक्रिया अगाडि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

यता नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

यस्तो छ अंक गणित 

८७ सदस्यीय प्रदेश ५ मा दुई तिहाइको लागि ५८ मत आवश्यक पर्छ। नेकपाका ६१ सांसद मध्ये सभामुख र उपसभामुखले मतदान गर्न पाउँदैनन्। बाँकी ५९ जनामध्ये नेकपाका १४ जनाले विपक्षमा मतदान गरेमा कांग्रेसका १९, जनता समाजवादीका ६ र राजमोका एक सांसदको मत निर्णायक मानिने छ।

यदि सत्तारुढ दलको ह्विप नेकपामा सांसदले मानेमा स्वतः प्रस्ताव पारित हुनेछ। तर १४ जना नेकपाका सांसदले हाल असहमति जनाएजस्तै मतदानमा पनि विपक्षमा मतदान गरेमा त्यसले फरक परिणाम निकाल्ने देखिन्छ।

साविक लुम्बिनी, राप्ती र भेरी अञ्चल मिलेर बनेको प्रदेश ५ को संसदमा साविक लुम्बिनीका ५१ जना र राप्ती-भेरीका ३६ जना सांसद छन्। जसमध्ये लुम्बिनीमा कांग्रेसका १३ जना, जसपाका ४ जनाले भालुवाङको विपक्षमा मतदान गरेमा प्रदेश सरकारको प्रस्ताव रोकिन्छ। 

प्रकाशित: Oct 06, 2020| 03:39 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।