शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्ट पार्टीको सदस्यलाई नागरिकता नदिने अमेरिकी नीति लोकतन्त्र विरोधी : श्रेष्ठ

कम्युनिस्ट पार्टीको सदस्यलाई नागरिकता नदिने अमेरिकी नीति लोकतन्त्र विरोधी : श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सरकारको कम्युनिस्ट पार्टीको सदस्यता लिनेलाई नागरिकता नदिने नीतिले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सरकारको कम्युनिस्ट पार्टीको सदस्यता लिनेलाई नागरिकता नदिने नीतिले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।

‘अमेरिकाले हालै देशभित्र वा विदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ। यही हो नमुना पुँजीवादी लोकतन्त्र।’ 

आप्रवासीलाई दिइने नागरिकताको नीति संशोधन गर्दै अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई ग्रिनकार्ड सुविधा नदिने घोषणा गरेको थियो।

अमेरिकाको यूएस सिटिजन्ससिप एन्ड इमिग्रेसन सर्भिसेसले गत शुक्रबार यस्तो नीति ल्याएको हो। 

प्रकाशित: Oct 06, 2020| 07:25 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।