शुक्रबार, जेठ ३, २०८२

डा. केसीलाई अनशन रोक्न सरकारको आग्रह

सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ।  
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ।  

सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले यस्तो आग्रह गरेको हो। 

सचिव मैनालीको नेतृत्वमा तीन जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको थियो। 

त्रिवि पुगेका शिक्षा सचिव मैनालीले सरकारका तर्फबाट औपचारिक रुपमा वार्ताटोली नबनेको जानकारी दिएको डा. केसीका सहयोगी प्रीतम सुवेदीले बताए।

डा. केसीले आफ्ना मागमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रुपमा वार्ता टोली गठन गर्नुपर्ने बताएर मैनालीको टोलीलाई फिर्ता पठाइदिएका छन्।  

डा. केसी चिकित्सा शिक्षा सुधार र विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वनयको माग गर्दै विगत २३ दिनदेखि अनशनमा छन्।

सरकारले भने डा. केसीको माग सुनुवाइका लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन। विभिन्न दल, चिकित्सक लगायत पेसागत संगठन र नागरिक समाजले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाइसकेका छन्। 
 

प्रकाशित: Oct 06, 2020| 09:16 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।