काठमाडौं– प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका हुने भएको छ। प्रदेशसभाको आजको बैठकमा मतदानबाट स्थायी राजधानी टुंगो लागेको हो। दाङको राप्ती गाउँपालिकालाई केन्द्र मानेर देउखुरी उपत्यका राजधानी कायम भएकाे हाे।
प्रदेश राजधानीसम्बन्धी सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ जना सांसदले मतदान गरेका सभामुख पूर्णबहादुर घर्तीले बताए।
मतदानमा ८२ जना सांसद सहभागी थिए। प्रदेश सभामा कुल ८७ जना सांसद छन्।