काठमाडौं– काठमाडौं उपत्यकामा आज १ हजार १७ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंमा ७८३ जना, ललितपुरमा ११६ जना र ललितपुरमा ११८ जना संक्रमित थपिएका हुन्।
हिजो सोमबार काठमाडौंमा ११ सय ७८ जना, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका थिए।
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १५ सय ५१ जना थपिएसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको हो।
पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।
सक्रिय संक्रमित– २२, ७०७
संस्थागत आइसोलेसनमा– ९,११८
होम आइसोलेसनमा– १३,५९१
आईसीयूमा– २४३
भेन्टिलेटरमा–४०
क्वारेन्टिनमा– ४,२२१