रुपन्देही- बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको मृत्यु भएको हो।
असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि नवलपरासीका पुरुष त्यही दिन बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए। मंगलबार राती पौने १ बजे उनको मृत्यु भएको हो ।
यस्तै बुटवल ९ की ५५ बर्षीया महिला असोज १७ गते कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन्। उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको हो।
योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।
हाल बुटवलको कोरोना अस्थायी अस्पतालमा ४० जना कोरोना संक्रमित उपचाररत छन्। ती मध्ये १५ जना आइसियुमा र २५ जना आइसोलेसनमा छन् ।