काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितबाट सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्य २५ हजार ७ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयले केही दिनअघि सक्रिय संक्रमित संख्या २५ हजार नाघेपछि लकडाउन गर्न सिफारिस गरेको थियो।
आजसम्म कोरोना भाइर संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा देशभरमा गरी तीन हजार ४३९ जनामा संक्रमण भएको छ। यो दैनिक संक्रमणमा आजसम्मको सबैभन्दा धेरै हो।