शुक्रबार, जेठ ३, २०८२

विराटनगरमा क्रेनबाट खसेर कामदारको मृत्यु 

मोरङमा एक उद्योगमा कार्यरत कामदारको क्रेनबाट खसेर मृत्यु भएको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

विराटनगर- मोरङमा एक उद्योगमा कार्यरत कामदारको क्रेनबाट खसेर मृत्यु भएको छ। बूढीगंगा–१ मा रहेको आरती स्ट्रिप्स उद्योगका इलेक्ट्रिसियनको बुधबार दिउँसो क्रेनबाट खसेर मृत्यु भएको हो। 

विराटनगर- ८ मधुमाराका ४० वर्षीय अशोक चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार चौधरी सामान बोक्ने क्रेनमाथि चढेर मर्मत गरिरहेका बेला बिहान पौने १२ बजे खसेर गम्भीर घाइते भएका थिए।

टाउकोमा गहिरो चोट लागेका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ३ बजेतिर मृत्यु भएको हो। काम गर्ने क्रममा चिप्लिएर उनी खसेको हुनसक्ने प्रहरीको अनुमान छ।

उनको शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी एसपी खड्काले दिए।
 

प्रकाशित: Oct 07, 2020| 11:12 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।