काठमाडौं– नेपालकै सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक दाबी गरिएको होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात् नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा बुधबारबाट संचालनमा आएको छ ।
ग्राहकले काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्धेश्यले यो कोरोना महामारीको विचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले जनाएको छ ।
ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको हो । मध्यम वर्गिय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।
उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन् ।
नेशनल विजनेश ट्रेड सेन्टर एनबिटीसी मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्धारा प्रवद्र्धित रहेका छ । यो कम्प्लेक्स करिव २२ रोपनीमा फैलिएको हुँदा पर्याप्त खुला ठाउँ छ। जसले गर्दा पर्याप्त भौतिक दुरी कायम हुनेछ । पर्याप्त खुला ठाउँ भएकाले आगलागी, भूकम्पजस्ता दैवी पकोपबाट हुने घटनाको जोखिम पनि कम हुन्छ ।
नेपालमा होलसेलका लागि यति ठूलो बजार पहिलो पटक खुलेको हो । करिव ५ लाख २३ हजार वर्ग फिट क्षेत्रफलमा निर्मित यस अत्याधुनिक विजनेश कम्प्लेक्समा सिसि क्यामेरासहितको भरपर्दाे सुरक्षा व्यवस्था रहेको छ ।
यस होलसेल विजनेश कम्प्लेक्समा २६ वटा अत्याधुनिक स्कालेटर, ४ वटा सामान ढुवानी गर्ने कार्गाे लिप्mट र ३ वटा ग्लास लिप्mट जडान गरीको एनबिटिसीले जनाएको छ ।
थर्ड जेनेरेशनलाई टार्गेट गरी संचालनमा ल्याइएको यस विशेष कम्प्लेक्समा ३ वटा सिनेमा हल, करिव १० हजार स्क्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पाेरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा रहेको बज्राचार्यले जनाएका छन् ।