विराटनगर- मोरङको बिराटनगर महानगरपालिका–५ का एक कोरोना संक्रमित पुरुषको होम आइसोलेशनमा मृत्यु भएको छ ।
संक्रमणपछि घरमै बसेको ८२ वर्षीय वृद्धको आज (बिहीबार) बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ।
उनलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
यस्तै सोमबार कोरोना संक्रमणबाट बिराटनगर महानगरपालिका–११ पिचराका एक वृद्ध पुरुषको पनि घरमै मृत्यु भएको थियो ।