शुक्रबार, जेठ ३, २०८२

बोक्सीको आरोपमा कुटपिट गरी फरार भएका व्यक्ति पक्राउ 

बोक्सीको आरोपमा एक महिलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर फरार रहेक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं- बोक्सीको आरोपमा एक महिलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर फरार रहेक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहा ठाडी नजिकबाट पक्राउ गरेको हो।

उक्त घटनामा फरार रहेकामध्ये २० वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको हो।  

२७ भदौ २०७७ मा सिरहा नवराजपुर गाउँपालिका ५ बस्ने मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर ८ जनाको समूहले कुटपिट गरेका थिए।

पीडित महिलाका श्रीमान रामनारायण यादवले कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवसमेत ८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

किटानी जाहेरीपछि प्रहरीले बोक्सी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो।

बोक्सीको आरोपमा कुटपिट गरेको घटनामा फरार रहेका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा एकजना पक्राउ परेका हुन्।

प्रकाशित: Oct 08, 2020| 08:40 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।