सोमबार, असार ९, २०८२

जुवा खालबाट साढे २ लाख नगदसहित ३१ जना पक्राउ

कैलाली प्रहरीले जुवातास खेलाइरहेका तीन ठाउँमा छापा मारेर ३१ जनालाई नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

धनगढी- कैलाली प्रहरीले जुवातास खेलाइरहेका तीन ठाउँमा छापा मारेर ३१ जनालाई नियन्त्रणमा लिएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर १ र घोडाघोडी नगरपालिका वडा नम्बर १० विभिन्न ठाउँमा प्रहरीले छापा मारेको थियो।

गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले २ लाख ४९ हजार नगद सहित ३१ जनालाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिइएको प्रहरी टोलीले कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित विष्णु खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा ८१ हजार ५५० नगदसहित १४ जनालाई पक्राउ गरेको छ। 

यस्तै, घोडाघोडी नगरपालिका–१०, आमखैयाबाट १ लाख ६८ हजार नगदसहित जुवातास खेलीरहेका १७ जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार घोडाघोडी नगरपालिका–१०, आमखैया बस्ने टेक बहादुर मल्ल र लम्कीचुहा नगरपालिका–२ स्थित रोहन ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा नगद सहित १७ जनालाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट १ लाख ३५ हजार ५०० नगदसमेत बरामद गरिएको विष्टले बताए। यस्तै, ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिइएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–२ बाट ५ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट ३२ हजार ५५० नगद बरामद गरिएको छ। जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Oct 08, 2020| 12:00 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।